६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई ५० हजारसहित बिदाइ

नेपालगञ्ज। बाँकेका १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगद रु ५० हजारसहित बिदाइ गरिएको छ ।
६० वर्ष उमेर पुगेका उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले आज सम्मान कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो । लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री राजु खनालले अवकाश पाएका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित बिदाइ गरे ।
स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशभर नौ हजार महिला स्वास्थ्य स्वयंसेविका रहेको जानकारी दिए । उनीहरुको योगदानलाई सम्मान गर्न प्रदेश सरकारले रु ५० हजार नगद प्रदान गर्ने नीति लिएको मन्त्री खनालले बताए।
उनले प्रदेशभित्र एक सय पाँच विशेषज्ञ दरबन्दी रिक्त रहेको जानकारी दिए । सम्मानित महिला स्वास्थ्य स्वयंसेविका बीना पाण्डेले विगतमा टोलटोलमा पुगेर स्वास्थ्य सेवा दिएको स्मरण गर्दै अहिले प्रविधिले धेरै सहज बताए ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अङ्गद शाहीले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा गाउँगाउँमा स्वास्थ्यसम्बन्धी जागरण ल्याउन अमूल्य योगदान गरेको भनी प्रशंसा गरे।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यद्वय आशा नेपाली, मीना सिद्धिकी, प्रदेशका स्वास्थ्य सचिव जनार्दन पन्थी, उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दलगायतले महिला स्वास्थ्य स्वयंसेविकाले समुदाय र स्वास्थ्य संस्थाबीच पुलको काम गरेको बताए । नेपालगञ्ज उपमहानगरका १० र जानकी गाउँपालिकाका तीन गरी १३ जनालाई नगदसहित सम्मान गरिएको हो ।
बाँकेका सबै स्थानीय तहमा कूल ३५ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । लुम्बिनी प्रदेशमा बर्सेनि चार सयको हाराहारीमा महिला स्वास्थ्य स्वयंसेविकाले अवकाश पाउने गरेका छन् । अवकाश पाएका स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरिएको लुम्बिनी प्रदेशमा पहिलो पटक हो ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया