मेसी बिना इन्टर मियामी पराजित
मेरोन्यूज
२०८० चैत २२ गते ९:४६

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान सम्पन्न खेलमा मोन्टेरेयले इन्टर मियामीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
मोन्टेरेयको जितमा म्याक्सिमिलीयानो मेजा र जर्ज रोड्रीगुएजले एक एक गोल गरेका थिए । त्यस्तै इन्टर मियामीका लागि एक गोल थोमस आल्भेजले गरेका थिए ।
त्यसैगरी इन्टर मियामीका डेभिड रुइजले खेलको ६५औं मिनेटमा रातो कार्ड पाएपछि इन्टर मियामी १० खेलाडीमा सिमित भएको थियो ।
यस खेलमा पनि लियोनेल मेसी खेलेका थिएनन् । इन्जुरीका कारण मेसी पछिल्ला खेलहरुमा मैदान बाहिर रहेका छन् । उनी कहिलेदेखि खेलमा फर्किन्छन् भन्ने स्पष्ट रहेको छैन ।
अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल ११ मा हुने छ ।
सम्बन्धित
















बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया