सर्वेक्षणमा ६ ठुला राज्यमा बाइडेनभन्दा ट्रम्प अगाडी

काठमाडौँ । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने निश्चित जस्तै छ ।
यसैबीच, एक ओपिनियन पोलले चकित पार्ने दाबी गरेको छ । सातमध्ये छ वटा राज्यमा बाइडेन आफ्ना प्रमुख प्रतिद्वन्द्वी ट्रम्पभन्दा पछाडि रहेको बताइएको सो पोलले आफ्नो नतिजामा देखाएको छ ।
यूएस ओपिनियन पोलले ट्रम्पले बाइडेनलाई पछाडि छोडेको देखाएको हो ।
वाल स्ट्रिट जर्नलले गरेको सर्वेक्षणले ठूलो संख्यामा मतदाता राष्ट्रिय अर्थतन्त्रप्रति सन्तुष्ट नभएको देखाएको छ । यसबाहेक मानिसहरूले बाइडेनको काम गर्ने क्षमतामाथि पनि शंका गरेका छन् ।
सर्वेक्षण पेन्सिलभेनिया, मिशिगन, एरिजोना, जर्जिया, नेभाडा र उत्तरी क्यारोलिनामा डोनाल्ड ट्रम्प दुई देखि आठ प्रतिशत अंकले अगाडि छन् । तर, विस्कॉन्सिनमा बिडेन तीन अंकले अगाडि छन् ।
यति मात्र होइन, सर्वेक्षणले हरेक राज्यमा राष्ट्रपति बाइडेनको काम मन नपराउने मानिस बढी रहेको खुलासा गरेको छ । यसको विपरित ट्रम्प राष्ट्रपति हुँदा एरिजोनामा मात्रै उनलाई मन पराइएको थिएन । रियल क्लियर पोलिटिक्सका अनुसार ट्रम्प र बिडेनबीच कडा प्रतिस्पर्धा छ । प्रमुख राष्ट्रिय सर्वेक्षणको औसतले पूर्व राष्ट्रपति ट्रम्प बाइडेनभन्दा ०.८ प्रतिशत अंकले अगाडि रहेको देखाएको छ ।
तर अमेरिकी चुनावमा प्रतिष्पर्धाको जति चर्चा छ त्यति नै डोनाल्ड ट्रम्पले लगातार दिइरहेको विवादास्पद बयानको पनि चर्चा भइरहेको छ ।
यसअघि ओहायोको डेटनमा एक र्यालीलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘हामी सिमानाबाट आउने हरेक गाडीमा शतप्रतिशत भन्सार लगाउने छौं र म निर्वाचित भएँ भने तपाईले बेच्न सक्नुहुन्न । अब म निर्वाचित भएन भने यहाँ रक्तपात हुनेछ । कम्तिमा यो हुनेछ। देशका लागि रक्तपात हुन लागेको छ ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनको अभियानका प्रवक्ता जेम्स सिंगरले डोनाल्ड ट्रम्पको भनाइको निन्दा गरेका थिए ।
















जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया