होटललाई उद्योगको मान्यता दिलाउन पहल गर्छु : पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले पर्यटनको महत्वपूर्ण पाटो होटल क्षेत्रलाई उद्योगको मान्यता दिलाउन पहल गर्ने बताएका छन् ।
होटल सङ्घले सातै प्रदेशका चाडपर्व, उत्सव तथा जात्रालाई समेटेर तयार पारेको पात्रो सार्वजनिक गर्दै उनले होटल क्षेत्रको विकास र विस्तारका लागि होटललाई उद्योगका रुपमा मान्यता दिलाउन लागि पर्ने विश्वास व्यक्त गरे ।
व्यवसायीले होटल क्षेत्रमा ठूलो लगानी भएकाले यो क्षेत्रलाई उद्योगको रुपमा कानुनी मान्यता दिलाउन माग गर्दै आएका छन् । पर्यटनमन्त्री तामाङले चाडपर्व तथा जात्रा लक्षित पात्रोको माध्यमबाट मुलुकको पर्यटन प्रवर्द्धन हुनुका साथै विदेशी पर्यटक आकर्षण गर्ने उपयुक्त माध्यम भएको बताए। उनले आतिथ्यता सम्बन्धी ‘क्लाउडवेस इ–लर्निङ’ तालिम कोर्षहरु पनि अपलोड गरी शुभारम्भ गरे । यस कोर्षबाट दूरदराजमा रहेका साना तथा मझौला होटलमा कार्यरत कामदार तथा कर्मचारीलाई दक्षता र सीप विकास गराउन सघाउ पुग्ने उनले बताए ।
सो अवसरमा होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको चाडपर्व तथा जात्राबारे विदेशीले जानकारी लिने गरेकोले पात्रो प्रकाशित गरेको बताए । उनले स्वदेशी तथा विदेशी प्रतिष्ठित टूरअपरेटरका साथै गैरआवासीय नेपाली सङ्गठन तथा विदेशस्थित नेपाली नियोगमार्फत् पनि वितरण गरी पर्यटन प्रवर्द्धन गरिने विश्वास व्यक्त गरे ।
















अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया