इमरान खानका लागि जेलमा सरकारको हरेक महिना ५ लाख ८० हजार खर्च

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि रावलपिंडीको अदियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ । सामान्यतया कारागारमा १० जना कैदीको सुरक्षाका लागि एकजना कर्मचारी तैनाथ हुन्छन् । तर खानको सुरक्षाका लागि मात्रै १४ सुरक्षाकर्मी अडियाला जेलमा छन् ।
यति मात्र होइन, जेलमा इमरान खानका लागि छुट्टै खाना बनाइन्छ । यो अन्य कैदीहरूलाई दिइँदैन । पाकिस्तानको पञ्जाब सरकारले बुधबार लाहोर उच्च अदालतमा सुनुवाईको क्रममा यो जानकारी दिएको हो । खानको सुरक्षाका लागि हरेक महिना करिब १२ लाख पाकिस्तानी रुपैयाँ अर्थात् करिब ५ लाख ८० हजार नेपाली रुपैयाँ खर्च हुने गरेको सरकारले अदालतमा जानकारी दिएको छ ।
इमरान खान गत वर्ष अगस्टदेखि पाकिस्तानको जेलमा छन् । तोसखाना मुद्दामा उनलाई ३ वर्ष कैद सजाय सुनाइएको थियो । यसबाहेक, पाकिस्तानमा यस वर्ष फेब्रुअरीमा भएको चुनावको केही दिन अघि, खानलाई तीनवटा मुद्दामा कुल ३१ वर्षको सजाय सुनाइएको थियो ।
हाईकोर्टमा सुनुवाईका क्रममा पञ्जाब सरकारका वकिल खालिद इशाकले भने, ‘जेलमा खानको कोठरी वरपरका ६ सेलहरू उनको लागि आरक्षित गरिएको छ । यसबाहेक त्यहाँ थप सीसीटीभीहरू पनि जडान गरिएको छ । इमरानले पाएको धम्कीलाई ध्यानमा राख्दै । उनलाई भेट्नेलाई पनि प्रतिबन्ध लगाइएको छ ।’
खानको सुरक्षालाई ध्यानमा राख्दै लाहोर उच्च अदालतमा उनलाई पूर्ण सुरक्षा उपलब्ध गराउन माग गरिएको छ । अहिले प्रधानन्यायाधीश मलिक शहजाद अहमद खानले मुद्दाको सुनुवाइ १६ अप्रिलसम्मका लागि स्थगित गरेका छन् ।
















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सम्पत्ति छानबिन आयोगले सुरु ग-यो काम
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक
प्रतिक्रिया