जुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल बनाइने
मेरोन्यूज
२०८० चैत २४ गते ७:१८

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–१० स्थित बोहोरा गाउँमा १२ करोड लागतमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने भएको छ ।
कर्णाली प्रदेशअन्तर्गतको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्रोत सुनिश्चित गरी ठेक्का आव्हान भएपछि अस्पताल निर्माणको काम अगाडि बढेको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बताए ।
आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्न संघीय सरकारले बजेट विनियोजन गरेकाले अब ठेकेदार चयनलगायत प्रक्रिया शीघ्र पूरा गरेर निर्माण थालिने उनले जानकारी दिए । अस्पताल भवन बहुवर्षीय ठेक्कामा बनाइनेछ ।
नगरप्रमुख कठायतका अनुसार भवनका लागि चालु आर्थिक वर्षमा तीन करोड विनियोजन भएको छ । बहुवर्षीय ठेक्काको अवधि बढीमा तीन वर्षको हुनेछ ।
सम्बन्धित
















ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
प्रतिक्रिया