रिमाल समाजबाट नववर्ष शुभकामना आदानप्रदान

काठमाडौँ । रिमाल समाजले नववर्ष २०८१ को पूर्वसन्ध्यामा आज यहाँ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
समाजले प्रकाशन गरेको नयाँ वर्षको भित्तेपात्रो पनि आजै विमोचन गरिएको छ ।
सो अवसरमा समाजका अध्यक्ष तथा शिक्षक सेवा आयोगका सदस्य डिल्लीराम रिमाल, वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद रिमाल, महासचिव तथा स्वयंसेवी रक्तदाता¬–सञ्चारकर्मी रवि रिमाल, सदस्य हरि उपाध्याय (अछाम), हरिदत्त रिमाल (चितवन), पुरातत्वविद् मदनकुमार रिमाल, बच्चुराम रिमाललगायतले आफ्नो रीतिस्थिति, पोसाकलगायत कुरामा एकरूपता दिनुपर्ने, रिमालवंशका दिवङ्गत व्याकरणविद्, साहित्यकार, पत्रकार, गीतकार–गायक–नाट्यकार, प्रशासक, कूटनीतिज्ञ (विष्णुहरि, गोपालप्रसाद, हरिप्रसाद, भैरवनाथ, भोगेन्द्रनाथ, वासु रिमाल यात्रीलगायत) आदिका नाममा समिति बनाइ जन्मदिन वा पुण्यतिथि मनाउनुपर्ने, अछाम ढकारी–१, ढनेटामा रिमालवंशका पुर्खा श्रीपाल भट्ट (पहिलेको उपाधि) को हत्या भएको स्थलमा वरिष्ठ इन्जिनियर शङ्करनाथ रिमालका डिजाइनमा कूल रु ५० लाखका लागतमा निर्माणाधीन कुल मन्दिरलाई कलात्मक रूपले छिट्टै पूर्णता दिनुपर्ने आदि विषयमा जोड दिए ।
सो अवसरमा इन्जिनियर ऋषि रिमाल (नुवाकोट) लाई समाजको आजीवन सदस्यता प्रदान गरिएको थियो । विसं २०६७ फागुन ९ गते स्थापित समाजका हालसम्म १४ जिल्लामा समिति तथा आजीवन सदस्य छ सय २२ र साधारण सदस्य आठ सय जना एवं कैलाली–पर्वत, लमजुङ (जिता, बेँसीसहर), दोलखा र झापामा रिमालका कुलायन मन्दिर निर्माण भइसकेका छन् । पहिलो रिमाल वंशावली विसं २०५८ र दोेस्रो संस्करण २०८० मा प्रकाशन भइसकेको छ ।
समाजको साधारणसभा आगामी वर्ष भदौ अन्तिम शनिबार हुनेछ ।
समाजले हालसम्म स्वास्थ्य, शिक्षा (दिवाकर नीरा छात्रवृत्ति, निर्मल नीरा शैक्षिक पुरस्कार) क्षेत्रमा सेवा पु¥याएको छभने ज्येष्ठ रिमाल र विशिष्ट योगदानकर्तालाई सम्मान पनि गर्दै आएको छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया