कांग्रेसले अडान लिएपछि सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको प्रधानमन्त्रीसहितको शिर्ष चार दलको बैठक सकिएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्ने आफ्नो अडान कायम राख्दै संसद अवरोध गर्ने बताएपछि बैठक बिना निष्कर्ष टुंगिएको छ ।
बैठकमा सत्तारुढ दल माओवादी केन्द्र, एमाले र रास्वपाले भने संसदीय समिति गठन गर्न नसकिने अडान लिएका थिए ।
बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भावनामा जोडेर कसैलाई बलिको बोका बनाउन नपाइने भन्दै कांग्रेसले माग गरे अनुसारको संसदीय दलको गठनको माग आफुहरुले अस्वीकार गरेको बताए । परियारले भोलिको बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धि विधेयक पेश गर्ने दाबि गरे ।
छलफलमा सभामुखसहित प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलगायत दलका प्रमुख सचेतकहरु सहभागी थिए ।
















जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया