को हुन् राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित विमला घिमिरे ?

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । बुधवार भएको निर्वाचनमा घिमिरे कांग्रेस उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।
उनको पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १६ मत खसेको थियो । आजको बैठकमा ५५ सांसद उपस्थित रहेका थिए ।
घिमिरे २०४७ सालमा अनेमसंघ हुँदै राजनीति प्रवेश गरेकी थिइन् ।
उनले तत्कालीन नेकपाको केन्द्रीय सदस्य, २०६८ मा नेकपा एमालेको कपिलवस्तु जिल्ला कमिटी सचिव, २०६६मा पार्टी जिल्ला कमिटी उप सचिव, २०६२ मा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य र २०५९ मा जिल्ला कमिटी सदस्य भएर काम गरेकी थिइन् ।
घिमिरे ०७५ मा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भइ बनेको नेकपाको केन्द्रीय सदस्य थिइन् । यस्तै २०७८ सालमा नेकपा (एमाले) केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् ।
२०७६ सालमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा घिमिरे लुम्बिनीबाट विजयी भएकी थिइन् । उक्त निर्वाचनमा ८ हजार तीन सय ३८ मत प्राप्त गर्दै उनले काँग्रेस उम्मेदवार गिरिजादेवी न्यौपानेलाई पराजित गरेकी थिइन् ।
यस्तो छ उनकाे राजनीतिक यात्रा :
















काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया