सहिदहरुको सम्मान हुन सकेन : सभापति देउवा
मेरोन्यूज
२०८० चैत २८ गते १८:३९

लुम्बिनी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्मान हुन नसकेको बताएका छन् ।
सभापति देउवाले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ टिकुलीगढमा निर्माण गरिएको सहिद यादवनाथ आलोकको पूर्णकदको सालिकको आज हाँ अनावरण गर्दै सहिदहरु कुनै पार्टीको नभई देश र जनताको हुने भएकाले उनीहरुको सबैले सम्मान गर्नुपर्ने बताए ।
सभापति देउवाले सहिदको सपना पूरा गर्नु पनि दलहरुको कर्तव्य भएको उल्लेख गरे । उनले यादवनाथ आलोकको सपना पूरा गरेरै छाडने प्रतिबद्धता व्यक्त गरे।
यसअघि सभापति देउवा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ क्षेत्रीय कार्यसमितिद्वारा भैरहवामा आयोजित नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा सहभागी भएका थिए।
सम्बन्धित
















देवचुलीमा एक पुरुष मृत फेला, महिला गम्भीर घाइते
महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित
तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एकजनाकाे मृत्यु
सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया