वर्ष २०८० : ‘प्रदर्शक र निर्मातालाई बराबरी शेयर’

काठमाडौँ । शनिबारदेखि नयाँ वर्ष २०८१ सुरु हुँदैछ । यस वर्षको अन्तिम दिन आज दुई नेपाली चलचित्र ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ प्रदर्शन गरिएका छन् ।
चलचित्र ‘महाजात्रा’ चौथो सातामा प्रदर्शनरत छ । यस चलचित्रका निर्माता दीपेश खत्रीको दाबीअनुसार तीन सातामा नेपालमा चलचित्रको व्यापार रु १४ करोड भएको छ । यो व्यापारबाट पाँच स्थानीय विकास शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर कटाएर बाँकी हुने रकम निर्माता र प्रदर्शकले बराबरी शेयर भाग लगाउँछन् । यो सम्भव यस वर्षदेखि नै भएको हो ।
त्यसअगाडि अन्तिम दुई साता पश्चात प्रदर्शकको भागमा ६५ प्रतिशत र निर्माताको भागमा ३५ प्रतिशत मात्र शेयर पथ्र्यो । यसवर्षको कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘दिमाग खराब’ का निर्देशक निश्चल बस्नेतले आफ्नो चलचित्रले प्रदर्शकबाट बराबरी हिस्सा नपाए चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेपछि यो सहमति भएको थियो ।
चलचित्र वितरक तथा प्रदर्शकको संस्था नेपाल चलचित्र सङ्घ र निर्माताको संस्था नेपाल चलचित्र निर्माता सङ्घको सम्झौताअनुसार अहिले चलचित्र प्रदर्शन भएको अन्तिम समयसम्मको बराबरी भाग लाग्ने गरेको छ । यसलाई यसवर्ष नेपाली चलचित्रको ठूलो उपलब्धिको रुपमा चलचित्रकर्मीले लिएका छन् ।
यही नियमका आधारमा लाभान्वित भएका निर्माता रवीन्द्रसिंह बानियाँले यसका लागि उठिरहेको आवाजलाई यो वर्ष सम्बोधन भएको बताए । “हामीले यो कुरा बारम्बार उठाएका थियौँ । यसपटक निर्देशक बस्नेतले गरेको आँटको जति प्रशंसा गरे पनि कम हुन्छ । उहाँको कारण अहिले हामीले प्रदर्शक झैँ बराबर भाग पाउँछौँ”, उनले भने ।
निर्माता र निर्देशकको रुपमा चलचित्रमा सक्रिय रहेका पुर्नेन्दु झाले चलचित्र भवनको दायित्व निर्माता झैँ हुनुपर्ने बताए । उनले भने, “चलचित्रको प्रचारप्रसारका क्रममा पोस्टर टाँस्ने, श्रव्यदृश्य सामग्री देखाउने लगायतमा निर्माताको शुल्क लाग्ने गरेको छ । चलचित्र निर्माण गरेपछि प्रदर्शनमा प्रदर्शकको दायित्व बढाउनु पर्छ ।” अहिले चलचित्र निर्माताले चलचित्र भवनमा देखिने पोस्टर टाँसेको शुल्क तिर्न बाध्यछन् ।
नयाँ वर्षमा नेपालीसँगै विदेशी चलचित्र प्रदर्शन हुन्थे । विदेशी चलचित्रमा अग्रिम भुक्तानी गरेर अधिकार खरिद गर्नुपर्ने भएकाले चलचित्र भवनमा नेपालीको तुलनामा शो सङख्या बढी हुन्थ्यो । तर, यसपटक २०८१ वैशाख १ गते नयाँ चलचित्रको रुपमा नेपाली चलचित्र मात्र छन् । विदेशी चलचित्रलाई चर्को मूल्य तिर्नुपर्ने, नेपाली चलचित्र प्रति दर्शकको आकर्षण बढिरहेको सन्दर्भमा वितरकले विदेशी चलचित्र नेपाल ल्याएनन् । धेरै समयपछि विदेशी चलचित्र एकै मितिमा नेपालमा भित्रिएन् ।
चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले विदेशी चलचित्र ल्याउने प्रक्रिया अगाडि नबढेकाले तुरुन्त आउने सम्भावना नरहेको बताए । “हामी कहाँ चार दिन अगाडि नै प्रक्रियामा आउनुपर्छ । त्यस्तो केही छैन, त्यसकारण यो नयाँ वर्षमा नयाँ चलचित्रका रुपमा नेपाली मात्र छ । पछिल्लो समय नेपाली चलचित्र हेर्न दर्शक उत्साहित रहेको पाइएको छ”, उनले भने ।
















पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रतिक्रिया