आइतबार, चैत २२, २०८२

नयाँ वर्षमा पूर्वराजा ज्ञानेन्द्रः देशमा युवा पुस्ताले आफ्नो भविष्य देख्न सकेनन्

मेरोन्यूज २०८१ वैशाख १ गते ८:०६

काठमाडौँ । पूर्वराजा  ज्ञानेन्द्र शाहले देशमा नयाँ पुस्ताले आफ्नो सुनौलो भविष्य नदेखेर भौतारीएको टिप्पणी गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार नभएको बताउदै युवा पुस्ताले पनि आफ्नो भविष्य नदेखेको बताएका हुन् ।

उनले आफ्नो सन्देशमा भनेका छन्-‘नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रुप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन सकेको छैन। आज आम नेपालीको चिन्ता यही विषयमा छ। न देशको गौरब गरिमा बढेको छ, न त देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार आएको छ। जान्ने बुझ्ने बुढापाकाहरु अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन् त नयाँ युवा पुस्ता देशमा आफ्ना सुनौलो भविष्य नदेखेर भौंतारिएका छन् ।’

पूर्व राजाले देशको युवा शक्ति पलायन हुँदै जानु गम्भीर विषय भएको बताउदै शिक्षा, स्वास्थ्य, इलम, उद्यम, उत्पादन, लगानी, व्यापार, व्यवसाय र रोजगारीको ब्यवस्था खस्किँदै जानु विडम्बना भएको बताएका छन् ।


 

प्रतिक्रिया