नेपाल टेलिकमले ल्यायो ‘स्प्रिङ अफर’, यस्ता छन् सुविधा

काठमाडाैं । नेपाल टेलिकमले ‘स्प्रिङ अफर–२०८०’ योजना ल्याएको छ । कम्पनीले विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डेटा प्याकेज सञ्चालनमा ल्याएको जनाएको छ । यो योजना ३० चैत ०८० देखि लागू भइसकेको छ ।
यस योजनाअन्तर्गत १८ रुपैयाँमा २५ मिनेट र ३५ रुपैयाँमा दुई घण्टासम्म सबै नेटवर्कमा कुराकानी गर्न सकिनेछ । साथै, नयाँ भ्वाइस प्याकेजअन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिनसम्म जुनसुकै समय र जुुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४ सय मिनेट अल नेट भ्वाइस प्याक पाँच सय ९९ रुपैयाँमा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ ।
त्यस्तै, नयाँ डेटा प्याकेजअन्तर्गत २४ रुपैयाँमा एक घण्टा भ्वाइस र डेटा उपलब्ध हुनेछ । त्यसैगरी, २० रुपैयाँमा एक दिनका लागि ६ सय एमबी डे डेटा प्याक र ८० रुपैयाँमा तीन दिनसम्म चलाउन सकिने तथा १०९ रुपैयाँमा सात दिनसम्म चलाउन सकिने तीन जिबी डेटा प्याक उपलब्ध हुने बताइएको छ । यीबाहेक तीन सय ९९ रुपैयाँमा २८ दिनसम्म चलाउन सकिने १३ जिबी डेटा प्याकसमेत खरिद गर्न सकिनेछ ।
जिएसएम टुजी वा थ्रिजी सिम प्रयोगकर्तालाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसरी टुजी वा थ्रिजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा तीन जिबी डेटा, सय मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुने बताइएको छ ।













कर्मचारीमाथि भएको अभद्र व्यवहारको एनआईसी एशिया बैंकद्वारा गम्भीर आपत्ति
US ambassador pays farewell call to President Paudel
बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या
नेकपा परित्याग गर्दै नन्दकिशोर यादव जसपा नेपाल प्रवेश
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
प्रतिक्रिया