नेपाल टेलिकमले ल्यायो ‘स्प्रिङ अफर’, यस्ता छन् सुविधा

काठमाडाैं । नेपाल टेलिकमले ‘स्प्रिङ अफर–२०८०’ योजना ल्याएको छ । कम्पनीले विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डेटा प्याकेज सञ्चालनमा ल्याएको जनाएको छ । यो योजना ३० चैत ०८० देखि लागू भइसकेको छ ।
यस योजनाअन्तर्गत १८ रुपैयाँमा २५ मिनेट र ३५ रुपैयाँमा दुई घण्टासम्म सबै नेटवर्कमा कुराकानी गर्न सकिनेछ । साथै, नयाँ भ्वाइस प्याकेजअन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिनसम्म जुनसुकै समय र जुुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४ सय मिनेट अल नेट भ्वाइस प्याक पाँच सय ९९ रुपैयाँमा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ ।
त्यस्तै, नयाँ डेटा प्याकेजअन्तर्गत २४ रुपैयाँमा एक घण्टा भ्वाइस र डेटा उपलब्ध हुनेछ । त्यसैगरी, २० रुपैयाँमा एक दिनका लागि ६ सय एमबी डे डेटा प्याक र ८० रुपैयाँमा तीन दिनसम्म चलाउन सकिने तथा १०९ रुपैयाँमा सात दिनसम्म चलाउन सकिने तीन जिबी डेटा प्याक उपलब्ध हुने बताइएको छ । यीबाहेक तीन सय ९९ रुपैयाँमा २८ दिनसम्म चलाउन सकिने १३ जिबी डेटा प्याकसमेत खरिद गर्न सकिनेछ ।
जिएसएम टुजी वा थ्रिजी सिम प्रयोगकर्तालाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसरी टुजी वा थ्रिजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा तीन जिबी डेटा, सय मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुने बताइएको छ ।
















पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया