विदेशी विनिमय दर : सोमबार कुन मुद्राकाे कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।
आज अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७७ पैसा रहेको छ। आइतबार पनि सो भाउमा अमेरिकी डलरको खरिदबिक्री भएको थियो ।
त्यसैगरी, सोमबार युरो एक रुपैयाँ १९ पैसाले घटेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ। आइतबार भने यसको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा तोकिएको थियो ।
आज बेलायती पाउन्ड ३१ पैसाले घटेर सोमबार पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५६ पैसा तोकिएको छ। यसअघि आइतबार पाउन्ड एकको खरिददर १६६ रुपैयाँ १२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८७ पैसा थियो।
त्यसैगरी सोमबारको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४८ पैसा कायम गरिएको छ। सोमबार क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९७ रूपैयाँ ११ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४० पैसा तथा बिक्री दर १८ रूपैयाँ ४८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २७ रूपैयाँ ९२ पैसा र बिक्रीदर २८ रूपैयाँ ०४ पैसा कायम गरेको छ ।
यसैगरी, आजको लागि कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ १६ र बिक्रीदर ४३४ रुपैयाँ ११ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ।













सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया