पछिल्लो २४ घण्टामा १५६ कोरोना संक्रमित थपिए, ७० जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५६ जनामा नोभेल कोरोना भाइरस (कोभिड१९) देखिएको छ । ४ हजार ४१६ जनामा गरिएको पिसिआर परीक्षणमा १५६ जनामा कोरोना संक्रमण देखिको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको स्वाछ। जसमध्ये १ हजार २ सय ९९ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ४ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ५६ हजार ३ सय पुगेको छ।
गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। तर गत २४ घण्टामा चार जनाको मृत्यु भएको तथ्यांक मन्त्रालयले प्राप्त गरेको छ। नेपालमा कुल संक्रमित मृतकको संख्या ३ हजार २४ छ। हाल ५२ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा ७० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ जना पुगेको मन्त्रालयले जनाएको छ।

















हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
कांग्रेस नेता पूर्णबहादुर खड्का भाइ विष्णु सुर्खेत-१ मा विजयी
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
प्रतिक्रिया