पछिल्लो २४ घण्टामा १५६ कोरोना संक्रमित थपिए, ७० जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५६ जनामा नोभेल कोरोना भाइरस (कोभिड१९) देखिएको छ । ४ हजार ४१६ जनामा गरिएको पिसिआर परीक्षणमा १५६ जनामा कोरोना संक्रमण देखिको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको स्वाछ। जसमध्ये १ हजार २ सय ९९ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ४ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ५६ हजार ३ सय पुगेको छ।
गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। तर गत २४ घण्टामा चार जनाको मृत्यु भएको तथ्यांक मन्त्रालयले प्राप्त गरेको छ। नेपालमा कुल संक्रमित मृतकको संख्या ३ हजार २४ छ। हाल ५२ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा ७० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ जना पुगेको मन्त्रालयले जनाएको छ।









जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो
मलेसियामा बाढीको कारण १८ हजार भन्दा बढी विस्थापित
सुशासन प्रवद्र्धन र निर्वाचनको अभिभारा पूरा गर्ने सरकारको मुख्य जिम्मेवारीः गृहमन्त्री
पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा
लुम्बिनीलाई काठमाडाैंले दियो १५८ रनको लक्ष्य
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
प्रतिक्रिया