एसीसी प्रिमियर कप
कतारले साउदीलाई हराएपछि नेपाल एक खेल अगावै समूह विजेता

काठमाडौं । नेपाल एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह ‘ए’ को विजेता बनेको छ।
मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता हुने निश्चित भएको हो ।
कतारले दिएको १५४ रनको लक्ष्य पछाएको साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन मात्र बनाएपछि कतारले जितेको थियो ।
जितपछि कतारको ४ खेलमा ४ अंक भएको छ र समुह ए मा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै साउदी अरेबियाको भने ३ खेलमा २ अंक रहेको छ ।
त्यस्तै समुह ए मा यो खेलपछि ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको नेपाल समुह बिजेता बनेको छ । नेपाल आफ्नो अन्तिम खेल अघि नै समुह विजेता बनेको हो । अब नेपालले समुह चरणको अन्तिम खेलमा बुधबार साउदी अरेबियासँग खेल्दै छ ।
त्यस्तै सेमिफाइनलमा पुगिसकेको नेपालले सेमिफाइनलमा समुह बी को उपविजेतासँग खेल्ने निश्चित भएको छ । त्यसैगरी समुह ए बाट सेमिफाइनलमा पुग्ने अर्को देशको टुंगो भने अब अन्तिम खेलहरुबाट लाग्ने छ ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया