प्रतिबन्धित गाँजासहित ७ जना पक्राउ

बागमती । पर्सा राष्ट्रिय निकुञ्ज हुँदै प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गरिरहेको आरोपमा पक्राउ परेका सात जनालाई आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ ।
पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–४ माथिल्लो मसिने भनिने स्थानबाट लागुऔषध गाँजा एक क्विन्टल ३० किलो एक सय ५० ग्रामसहित मंगलबार पक्राउ गरेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
निकुञ्जअन्तर्गत पदमपोखरी सेक्टर लामिटारबाट खटिएको नेपाली सेनाको टोली र निकुञ्ज प्रशासनको संयुक्त टोलीले गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका–४ निवासी २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय वीरमान प्रजा, २७ वर्षीय हरिकुमार प्रजा, राक्सिराङ गाउँपालिका–७ निवासी १९ वर्षीय टीकाराम प्रजा, मनहरी गाउँपालिका–५ निवासी ३६ वर्षीय दीपक थापा मगर, मनहरी गाउँपालिका–३ निवासी ४४ वर्षीय रामहरि लुइँटेल र एक नाबालकलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकालाई आज सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । सबैमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
















नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ सम्म
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया