लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता
मेरोन्यूज
२०८१ वैशाख ६ गते १८:१२

काठमाडौंं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता बिहीबार भएको हो ।
सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाइँले हस्ताक्षर गरेका छन् ।
न्यादी पावरले प्रति किता एक सय रुपैयाँको दरले ३ करोड ३ लाख ६० हजार ७ सय ८४ कित्ता सेयर निष्कासन गर्दैं छ । उक्त सेयरको तीन अर्ब तीन करोड साठ्ठी लाख अठहत्तर हजार चार सय रुपैयाँ बराबरको सेयर प्रत्याभूति कोषले गर्ने भएको हो ।
यो भन्दा अघि पनि कोषले धेरै कम्पनीहरुसँग प्रत्याभूतिको कार्य गरिसकेको छ ।
सम्बन्धित













ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया