प्रमुख श्रम गन्तव्य मुलुकमा कोरोनाको लहर, कतारमा पाँच जनाबढी भेला हुन प्रतिबन्ध

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मलेसियालगायत खाडी मुलुकमा कोरोना भाइरसको लहर बढ्न थालेको छ । पछिल्ला केही समययता मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन र दक्षिण कोरियामा फेरि कोरोना भाइरस संक्रमण बढ्न थालेको हो ।
संक्रमण बढेसँगै सम्बन्धित मुलुकले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न थालेका छन् । २०२० मा कोरोनाबाट आक्रान्त भएका ती मुलुकमा वर्षान्तसँगै कोरोना संक्रमण कम भएको थियो । गन्तव्य मुलुकले कोरोनाविरुद्धको खोप कार्यक्रम चलाइरहेको भए पनि संक्रमण फैलने दर अझै नियन्त्रणमा आएको छैन ।
कतारले संक्रमण पूर्णरुपमा नियन्त्रणमा नआएको भन्दै त्यहाँको ‘सुप्रिम कमिटी फर क्राइसिस म्यानेजमेन्ट’ को सिफारिशमा शुक्रबारदेखि लागू हुने गरी ३३ बुँदे विशेष निर्देशन जारी गरेको छ । उक्त निर्देशन बुधबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।
कतार सरकारको निर्देशन अनुसार अब कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन । सरकारी तथा निजी क्षेत्रमा काम गर्ने कर्मचारीले बैठक गर्दा स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण प्रक्रिया अवलम्बन गर्नुपर्ने, अनावश्यक रुपमा सामाजिक भेटघाट नगर्ने र घरभित्र वा बन्द स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
सबै सार्वजनिक पार्क, सार्वजनिक स्थानलगायत सार्वजनिक स्थल आजदेखि नै बन्द भएको छ । ती स्थानमा एकै परिवारका दुई जनाभन्दा बढी जान नपाउने निर्देशन कतार सरकारबाट जारी भएको दूतावासले जनाएको छ ।
कोरोनाको जोखिम बढेसँगै कतारले व्यापारिक भवनमा हुने क्रियाकलापलाई ३० प्रतिशतमा सीमित गरेको छ । १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई त्यस्तास्थलमा जान बन्देज लगाइएको छ । सवारी साधन प्रयोग गर्दा मास्क अनिवार्य गरिएको छ । एउटा सवारी सधानमा चालकसहिच चार जनाभन्दा बढी यात्रा गर्न नपाइने व्यवस्था रहेको पनि दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । घरबाट कुनै पनि कामका लागि बाहिर निस्कँदा चालु अवस्थामा रहेको कोरोनाको जोखिम विश्लेषण गर्ने मोबाइल एप्लिकेसन हुनै पर्ने व्यवस्था रहेको दूतावासले जनाएको छ ।
दूतावासले कतार सरकारले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न त्यहाँ रहेका नेपाली समुदायमा आह्वान गरेको छ । कोभिड–१९ को संक्रमणबाट आफू र समुदायलाई सुरक्षित राख्न तथा नियमको उल्लंघनबाट भोग्नुपर्ने दण्ड जरिवानाबाट समेत जोगिन दूतावासले अपिल गरेको छ । कतारमा विभिन्न पेसा, व्यवसायमा संलग्न नेपालीको ठूलो संख्या रहेको छ ।
पछिल्ला केही दिनयता छिमेकी भारतमा पनि कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । कोरोना संक्रमण रोक्न भारतका केही राज्यले कडाइ गरेसँगै त्यहाँ कार्यरत नेपाली स्वदेश फर्कने क्रम बढेको छ । केही राज्यमा लकडाउन गरिएसँगै आर्थिक क्रियाकलाप खुम्चिएको छ । कतिपय नेपालीले अस्थायी रोजगारी गुमाएका छन् । सीमा नाकाबाट भित्रने नेपालीको लर्को लाग्न थालेको छ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया