नेपाल–खनाल समूहले केन्द्रीय कमिटी बैठककाे माग गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) को नेपाल–खनाल समूहले पार्टीलाई बलियो र गतिशील बनाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेको छ ।
शुक्रबार काठमाडौंको कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यको बैठकले पार्टीलाई विधि र पद्धतिमा चलाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेको नेता रघुजी पन्तले बताए ।
उनले भने, ‘हामी नेकपा (एमाले) भित्रै बसेर पार्टीलाई बलियो बनाउन, पार्टीलाई शुद्ध बनाउन, पार्टीलाई गतिशील र क्रियाशील बनाउन र पार्टीलाई विधि र पद्धतिमा चलाउनका लागि पार्टीभित्रै रहेर संघर्ष गर्ने हाम्रो नीति अनुसार संसदीय दलको बैठकमा भाग लिएर आफ्ना कुराहरु राख्ने भन्ने हामीले निर्णय गरेका हौं ।’
नेता सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटीका सदस्यले हस्ताक्षर गरेर बैठकको माग गर्ने निर्णय गरिएको बताए । उनले भने, ‘सर्वोच्च अदालतले जहाँ फर्काएको छ । मरेको नेकपा(एमाले)लाई जहाँ ब्यूँताइदियो त्यो ब्यूँतेकै ठाउँबाट पार्टीको संगठन, संरचना, सम्पत्ति, जोजे हुन त्यहीँ विन्दुमा फर्काएको हुनाले पार्टी त्यहीँबाट शुरु हुनुपर्छ भनेर हामी केन्द्रीय कमिटी सदस्यले दस्तखत गरेर बैठकको माग गर्ने निर्णय गर्याै ।’
भेलालाई सम्बाेधन गर्दै वरिष्ठ नेता खनालले हदैसम्म लचिलाे भएर पार्टी एकतालाई जाेगाउनुपर्नेमा जाेड दिएका थिए । एकतालाई आफूहरुले जोड दिएपनि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले त्यसतर्फ ध्यान नदिएको उनकाे आरोप थियाे । उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलादेखि अहिलेसम्म एकताका लागि कुनै पनि प्रयास नगरेको र वातावरणसमेत नबनाएको बताए ।
अर्का नेता नेपालले एकताका लागि कुनै कसुर बाँकी नराखी पहल भइरहेको बताए । उनले अदालतको गरेको फैसला स्वीकार गरेर अघि बढिरहेको र पार्टीको अहिलेसम्मको इतिहास, माया जोगाउन जनताको आशा र भरोसालाई बुझेर पार्टीलाई अगाडि बढाउनुपर्नेमा बताए ।









टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर
प्रधानमन्त्री कार्कीलाई मातृभूमि पार्टीको ज्ञापनपत्र
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
जेनजीसँगको सम्झौता मन्त्रिपरिषदबाट अनुमोदन
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
प्रतिक्रिया