४ लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् ।
शुक्रबार रुपन्देही जिल्ला अदालतले पुनलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि जेल चलान गरिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । धरौटी जम्मा गरेपछि उनी रिहा हुने छन् ।
सुप्रिम सहकारी ठगि प्रकरणमा जिल्ला अदालतका न्यायाधीश दीपक उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएका थिए ।
त्यसैगरी पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । त्यसैगरी दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, नवीन अछामीसँग १० लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगर र रोशनी गुरुङसँग २-२ लाख धरौटी माग गरिएको छ ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया