शुक्रबार, चैत २०, २०८२

बझाङमा प्रदेशसभा उपनिर्वाचन : उम्मेदवारलाई घरदैलो गर्न भ्याईनभ्याई

मेरोन्यूज २०८१ वैशाख १० गते ८:२७

काठमाडाैँ । यही वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि उम्मेदवारहरू घरदैलो अभियानमा छन्। आफ्ना पक्षमा मत पार्नका लागि विभिन्न कार्यसूचीसहित उम्मेदवार त्यो क्षेत्रका ५० वटै वडामा पुग्ने क्रममा छन्।

Advertisement
nepal life insurencenepal life insurence

तलकोट र साइपाल गाउँपालिकाबाट घरदैलो अभियान गरेका राजनीतिक दल शनिबार भने छविसपाथीभेरा गाउँपालिकामा पुगेका छन्। 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमन भण्डारीको टोलीले तलकोट र साइपालमा घरदैलो अभियान गरेर फर्किएपछि नेपाली कांग्रेस,  नेकपा (माओवादी केन्द्र),  नेकपा (एकीकृत समाजवादी) सहितका दलले पनि सोही पालिकाहरूमा भोट मागे। 

पालिकाबाट टाढाको पालिका भएको हुँदा प्रचार अभियान सुरुमै गरेको माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले बताए। पालिकामा अभियानमा जाँदा संयोगवश अन्य दल पनि सोही पालिकामा प्रचार गरिरहेका देखिएको उनको भनाई छ। 

‘यद्यपि पालिकाभित्र भने सँगसँगै नभएर विभिन्न वडा–वडामा घरदैलो अभियानमा गयौँ,’ उनले भने। ११ राजनीतिक दलका उम्मेदवारले आफूलाई निर्वाचित गराउन विभिन्न ‘एजेन्डा’हरू सार्वजनिक गरिरहेका छन्। 

सबै उम्मेदवारको साझा एजेन्डा भने ताक्लाकोट सडक र बिजुली नै छ। ठूला दलले आफ्नो पार्टी सरकारमा हुँदा सडकमा बजेट हालेको जनाउँदै भोट मागिरहेका छन् भने साना दलका उम्मेदवारले ठूला दलले काम गर्न नसकेको आरोप  लगाएका छन् । 

कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंंह, एमालेका दमन भण्डारी, माओवादी केन्द्रका जनक बुढाले ताक्लाकोट सडक आफ्नो पार्टी सरकारमा गएको बेलामा सडकमा बजेट हालेको र सम्पन्न पनि आफ्नै सरकार भएपछि हुने जनाउँदै भोट मागिरहेका छन। 

यसलाई खण्डन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्का, मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापासहितका साना दलले भने ठूला दलले आफूले सरकारमा हुँदा आएको बजेट कार्यकर्तालाई पाल्न मात्रै भएको आरोप लगाउँदै भोट मागिरहेका छन्। 

प्रतिक्रिया