तेमालमा ९ दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सुरु

काभ्रेपलाञ्चोक । जिल्लाको तेमाल गाउँपालिकाको आयोजनामा नौ दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सुरु भएको छ ।
नेपाल नेत्र ज्योति सङ्घ, कीर्तिपुर आँखा अस्पताल, शीर मेमोरियल अस्पताल र जर्मन रोटरी स्वयंसेवक चिकित्सकसहित स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा गाउँपालिकाको विभिन्न स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएको हो ।
सोमबार पोखरी नारायणस्थानको स्वास्थ्य चौकीबाट सुरु भएको शिविर वडास्तरमा पायक पर्ने स्थानमा १८ गतेसम्म आयोजना गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाले उद्घाटन गरेको शिविरमा छातीमा समस्या भएका एक सय ४० जनाको परीक्षण गरिएको थियो । परीक्षणबाट पाँच जनामा क्षयरोग लागेको पुष्टि भएको थियो ।
शिविरमा पाँच जनाको एचआइभी, एक सय चार जनाको मधुमेह, ६६ को दाँत र ८० जनाको आँखा परीक्षण गरिएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत शिवहरि पाठकले जानकारी दिए । शिविरमा ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र पनि वितरण गरिएको थियो । ती परिचयपत्र सबै शिविरमा प्रदान गरिने उनले बताए ।
















ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया