बारामा करेन्ट लागेर युवक यादवको मृत्यु
मेरोन्यूज
२०८१ वैशाख १३ गते ९:३८

रौतहट । बाराको सिमावर्ती सिम्रौनगढ नगरपालिका अन्तर्गत चैते धान र मकै बालीमा पानी पटाउने क्रममा मोटर बाट करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका १० देवापुर टेटा गाउँका २५ वर्षीय काशीराज यादव रहेको बारा प्रहरी प्रवक्ता डिएस्पी दधिराम न्यौपानेले बताएका छन।
बुधवार राती खेतमा मोटर बाट पानी पटाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका यादव लाई उपचारको लागि कलैया तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको तथा घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
सम्बन्धित
















आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया