सूचना प्रविधिको विकाससँगै बैंकिङ कसूरका नयाँ प्रवृत्ति बढे

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रविधिमा आधारित बैंकिङ कसूर नियन्त्रण गर्न कानूनी व्यवस्थामा सुधार आवश्यक रहेको बताएका छन् । पछिल्लो समयमा बैंकिङ कसूरका नयाँ प्रवृत्तिले चुनौती थपेको उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले आयोजना गरेको बैंकिङ कसूरको अनुसन्धान, अभियोजन तथा बैंकिङ सुपरिवेक्षण अन्तरक्रियामा गभर्नर अधिकारीले बैंकिङ कसूर र सजायसम्बन्धी कानून जारी भएपछि कसूरजन्य क्रियाकलाप नियन्त्रणमा सघाउ पुगेपनि पछिल्लो समयमा कसूरका नयाँ प्रवृत्तिले चुनौती थपेको बताए । नयाँ प्रवृत्तिका कसूर नियन्त्रणका लागि विद्यमान कानूनी व्यवस्थालाई संशोधन र परिमार्जन गर्नुपर्ने गभर्नर अधिकारीको भनाइ छ ।
महान्यायाधिवक्ता रमेश बडालले बैंकिङ प्रणालीमा देखिएका कसूरलाई नियन्त्रण गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने बताए । उनले राष्ट्र बैंक, सरकारी वकिल र नेपाल प्रहरीबीच प्रभावकारी समन्वय एवम् सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तीनवटै निकायको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै बैंकिङ कसूर नियन्त्रणमा आउने बताए ।









आज मंसिर १० गते बुधबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज दिनभरको मौसम कस्तो रहला ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
हाइली गुब्बी ज्वालामुखीका कारण नेपालबाट कतार जाने जहाज उडेनन्, सयौँ यात्रु विमानस्थलमै
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
प्रतिक्रिया