सूचना प्रविधिको विकाससँगै बैंकिङ कसूरका नयाँ प्रवृत्ति बढे

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रविधिमा आधारित बैंकिङ कसूर नियन्त्रण गर्न कानूनी व्यवस्थामा सुधार आवश्यक रहेको बताएका छन् । पछिल्लो समयमा बैंकिङ कसूरका नयाँ प्रवृत्तिले चुनौती थपेको उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले आयोजना गरेको बैंकिङ कसूरको अनुसन्धान, अभियोजन तथा बैंकिङ सुपरिवेक्षण अन्तरक्रियामा गभर्नर अधिकारीले बैंकिङ कसूर र सजायसम्बन्धी कानून जारी भएपछि कसूरजन्य क्रियाकलाप नियन्त्रणमा सघाउ पुगेपनि पछिल्लो समयमा कसूरका नयाँ प्रवृत्तिले चुनौती थपेको बताए । नयाँ प्रवृत्तिका कसूर नियन्त्रणका लागि विद्यमान कानूनी व्यवस्थालाई संशोधन र परिमार्जन गर्नुपर्ने गभर्नर अधिकारीको भनाइ छ ।
महान्यायाधिवक्ता रमेश बडालले बैंकिङ प्रणालीमा देखिएका कसूरलाई नियन्त्रण गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने बताए । उनले राष्ट्र बैंक, सरकारी वकिल र नेपाल प्रहरीबीच प्रभावकारी समन्वय एवम् सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तीनवटै निकायको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै बैंकिङ कसूर नियन्त्रणमा आउने बताए ।

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
प्रतिक्रिया