बेथिति र विकृतिको समुल अन्त्य गर्न आन्दोलनको विकल्प छैन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको बेथिती र बिकृतिको अन्त्य गर्न आन्दोलनको बिकल्प नभएको बताएका छन् ।
आज पार्टीको लुम्बिनी ,कर्णाली र सुदुरपश्चिम क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले अहिलेको राज्य प्रणालीले देशलाई अधोगती तर्फ मात्र लैजाने जिकिर गरे ।
भ्रष्टाचार ,कुशासन र मनपरितन्त्रलाई निरन्तरता दिँदा मुलुक समस्याको दलदलमा भासिने भन्दै अब विकल्प खोज्नुपर्नेमा जोड दिए । विकल्प भनेको आन्दोलन भएको भन्दै थापाले आन्दोलनको बाताबरण तयार गर्न जिल्ला अध्यक्षहरुसङ्ग आग्रह पनि गरे ।
एक्ला एक्लै आन्दोलन गर्दा सफलता प्राप्त नभएको बिगतलाई हेरेर समान बिचार भएका बीच मोर्चा बनाउने प्रस्ताबले मुर्तरुप नलिएकोमा चिन्ता ब्यक्त गर्दै थापाले त्यो दिशामा अहिले पनि प्रयासरत भएको समेत स्पष्ट पारे । तत्काल मोर्चा नबनेको परिस्थिति भए पनि पार्टीले आफ्नो तर्फ बाट गर्ने आन्दोलनको तयारीलाई भने निरन्तरता दिन तयारीमा जुट्न समेत थापाले आग्रह गरे।
वैकल्पिक बिचार र मार्गचित्र राप्रपा नेपालसङ्ग भएकोले पार्टीलाई बलियो शक्ति बनाउन कृयाशिल र गतिशिल हुनुपर्नेमा समेत जोड दिए । बैठकमा महामन्त्रीद्वय भास्कर भद्राले सचिवालय र राजाराम बर्तौलाले संगठन सम्बन्धि प्रतिबेदन पेश गरेका थिए भने जिल्ला अध्यक्षहरुले जिल्लाको अवस्थाबारे जानकारी गराएका थिए ।
















हर्क साम्पाङकाे माग : एमसीसी खारेज गराैं
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने
तेस्रो राष्ट्रिय ‘हर्टिकल्चर एक्स्पो’ सुरु
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रतिक्रिया