इलाम-२ मा सुहाङले लिए अग्रता, ३४५ मतले पछि परे डम्बर
मेरोन्यूज
२०८१ वैशाख १६ गते १८:५५

इलाम। इलाम क्षेत्र नम्बर २ मा मतगणना जारी छ।
अहिलेसम्म फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिएको छ।
मतगणनाअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन्। नेम्वाङले २५४२ मत ल्याएका छन्।
यसअघि कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता कायम राखिरहेका थिए। अहिले खड्काले २१९७ मत ल्याएका छन्।
सुहाङ र डम्बरबीचको मतान्तर ३४५ रहेको छ।
फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १, २ र ३ को गणना हुँदा डम्बरले अग्रता लिएका थिए। तर, वडा नम्बर ४ मा भने सुहाङले अग्रता लिएका हुन् ।
यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३७९ मत ल्याएका छन्।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया