बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी
मेरोन्यूज
२०८१ वैशाख १७ गते १४:००

चैनपुर । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी भएको जानकारी दिए।
लामिछानेका अनुसार भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गरे ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार नौ सय ६७ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार पाँच सय १३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए ।
सम्बन्धित
















हर्क साम्पाङकाे माग : एमसीसी खारेज गराैं
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने
तेस्रो राष्ट्रिय ‘हर्टिकल्चर एक्स्पो’ सुरु
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रतिक्रिया