‘पूजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक
काठमाडौँ । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पूजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ ।
मंगलबार युट्युबमा सार्वजनिक गीतमा निर्देशक दिनेश राउतको शब्द रचना, सुवास भुसालको संगीत तथा देवेन्द्र बराल र मुना ठटालको युगल स्वर रहेको छ ।
गीतमा फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल र अञ्जना बराइली तथा प्रदीप खड्का र परीक्षा लिम्बू प्रमुख तथा पल शाह रुपमा फिचर्ड छन् ।
विकास सुवेदीको लेखन रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।
जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको प्रस्तुति रहेको फिल्ममा राजेश श्रेष्ठको डिओपी, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन छ ।
आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ । अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण अधिकार लिएको छ ।












आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
प्रतिक्रिया