शुक्रबार, चैत १३, २०८२

‘मेरो अटो मोटर र्‍याली’को चौथो संस्करण सौराहामा

मेरोन्यूज २०८१ वैशाख २० गते १२:०८

काठमाडाैं । मेरोअटो मोटर र्‍यालीको चौथो संस्करण यही २१ र २२ वैशाख गते आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले यस वर्षको मोटर र्‍याली काठमाडौंदेखि चितवनको सौराहासम्म आयोजना गर्ने भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले र्‍यालीको उद्घाटन गर्नेछन् । शुक्रबार बिहान ८ बजे ललितपुरको कुपन्डोलबाट सुरु हुने र्‍याली बल्खु, दक्षिणकाली, सिस्नेरी, हेटौँडा हुँदै सौराहाको होटेल मोनालिसामा पुग्नेछ । शनिबार सौराहामा एक कार्यक्रमका बीच र्‍यालीको समापन गरिनेछ । र्‍यालीमा ५० बढी कारमा अटोमोबाइल, बैंकिङ, इन्स्योरेन्सलगायत विभिन्न क्षेत्रका सयभन्दा बढी व्यक्ति सहभागी हुने आयोजकले जनाएको छ ।

र्‍यालीका संयोजक उज्ज्वल घिमिरेले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, सडक सुरक्षासम्बन्धी सचेतना बढाउने, अटो क्षेत्रको व्यावसायिक नेटवर्क विस्तार गर्ने उद्देश्यले विगत चार वर्षदेखि र्‍याली आयोजना गर्दै आएको बताए । ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, हाइवे ड्राइभिङ बारेमा सचेतना जगाउने उद्देश्यले मोटर र्‍याली आयोजना गर्दै आएका छौँ,’ उनले भने ‘यस वर्ष पनि हामीले त्यसैलाई निरन्तरता दिएका हौं ।’ मेरो अटोले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष वैशाखमा मोटर र्‍याली आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया