बिहीबार, फागुन १४, २०८२

नबिल बैंकलाई अन्तर्राष्ट्रिय अवार्ड

मेरोन्यूज २०७७ चैत १५ गते १६:१०

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रियस्तरको ‘एक्सिलेन्स इन् इम्प्लोई एक्सपेरियन्स’ अवार्ड पाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मानव संशाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले बैंकलाई सो अवार्ड प्रदान गरेको नबिल बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीको एचआर मिटअन्तर्गत पहिलो पटक समावेश गरिएको अवार्ड बैंकले प्राप्त गरेको हो ।

बैंकभित्र रहेको मानव संशाधनलाई बैंकले सन्तुष्ट हुनेगरी व्यापक सदुपयोग गर्दै काममा सहजता ल्याएकाले अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कर्मचारीहरूको बैंकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा बैंकले अवार्ड पाएको हो ।

बैंकमा कर्मचारीहरूको कार्यसम्पादनका साथै उनीहरूको बैंकप्रतिको विश्वास र अनुभवका आधारमा साथै मानव संशाधनलाई बैंकले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको हो ।

नबिल बैंकलाई यसअघि बेलायतको प्रतिष्ठित पत्रिका युरोमनीले लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंकको रूपमा पुरस्कृत गरेको छ ।

बैंकमा एक हजार एक सय २८ भन्दा बढी कर्मचारी स्थायी रूपमा कार्यरत रहेपनि कोरोना कहरका बीच पनि नबिल बैंकले सात महिना बराबरको तलब बोनस दिएको छ ।

यस बैंकको एक सय १९ शाखा, एक सय ८५ एटिएम, १५ सयभन्दा बढी रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया