अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ

काठमाडौं। अमेरिका पढाइ दिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार रुपैयाँ ठगी गर्ने कैलाली गौरीगंगा नपा–२ का ४१ वर्षीय तेजराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको हो। अमेरिका पठाउने प्रलोभनमा महेन्द्र रावलबाट २८ लाख ५९ हजार, श्रीधर केसीबाट २७ लाख, टिका खड्काबाट २३ लाख र रामबहादुर वलीबाट ४० लाख रुपैयाँ लिई फरार भएका थिए।
प्रहरीका अनुसार उनले पीडितलाई अमेरिका लैजाने प्रलोभनमा ब्राजिलको नक्कली वर्किङ भिषा लगाई दिएका थिए। सोही भिषा प्रयोग गरी पीडितलाई फिलिपिन्स लगि बन्दक बनाएका थिए।
नक्कली भिषा रहेको खुलेपछि पीडितलाई फिलिपिन्स सरकारले नेपाल फर्काइ दिएको थियो। नेपाल आएका उनीहरूलाई चौधरीसहितको गिरोहले पुनः अमेरिका लैजाने प्रलोभन दिएका थिए।
प्रहरीका अनुसार चौधरीसहितको गिरोहले उनीहरूलाई भारतको दिल्ली लगि बन्दक बनाएका थिए। उनीहरूलाई भारतीय नागरिक प्रयोग गरि सात दिनसम्म होटल बाहिर निस्कन रोक लगाएका थिए। त्यसपछि पीडितसँग चौधरीसहितको समूहले पुनः ३९ लाख रुपैयाँ असुल गरेका थिए। त्यसपछि मुक्त भएका उनीहरू नेपाल फर्किएका थिए।











सञ्चारमन्त्री खरेलले गरे पोखराका विभिन्न कार्यालयको निरीक्षण
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पदावधि छँदै उपसभामुख इन्दिराले दिइन् राजीनामा
कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न कांग्रेसकाे निर्देशन
सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
प्रतिक्रिया