दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

काठमाडौँ। दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेका अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा सो जानकारी दिएका हुन्।
राजदूत पार्कले नेपाललाई प्रदान गरिँदै आएका विविध सहयोगमा आगामी दिनमा वृद्धि हुँदै जाने उल्लेख गरे । गणतन्त्र कोरियाले नेपाललाई खासगरी स्वास्थ्य, क्षिक्षा, कृषि र सुशासनका क्षेत्रमा सहयोग गर्दै आएको छ । राजदूत पार्कले अन्य मुलुकको तुलनामा आफूहरुले नेपाललाई गरेको सहयोग नमूनाका रुपमा रहेको उल्लेख गर्दै सन् २००७ मा नेपालसँग रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता भएयता हालसम्म एक लाखभन्दा बढी नेपालीले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका छन् । हाल दक्षिण कोरियामा इपिएसअन्तर्गत ४३ हजार नौ सय ६३ नेपाली विभिन्न क्षेत्रमा रोजगारीमा छन् ।
“कोरियामा हाल जन्मदर न्यून भएकाले श्रमिकको खाँचो छ, नेपालबाट श्रमिक कामदार लैजाने प्रक्रियाअन्तर्गत आगामी दिनमा अझ वृद्धि हुनेछ”, राजदूत पार्कले भने । हाल दक्षिण कोरियाको उत्पादनमूलक, कृषि, पानीजहाजलगायत क्षेत्रमा नेपाली श्रमिक कार्यरत छन् । आगामी वर्ष दक्षिण कोरियाले वन्यजन्तु र वन क्षेत्रमा समेत नेपाली श्रमिक लैजाने योजना रहेको राजदूत पार्कले बताए । दक्षिण कोरियाले विभिन्न १६ देशबाट वार्षिक एक लाख श्रमिक माग गर्ने गरेको छ । त्यसमध्ये नेपाल पहिलो स्थानमा छ ।
सो अवसरमा कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) का नेपाल प्रमुख मोहन कोङले नेपालको विकास निर्माणमा कोइकाले गर्दै आएका सहयोगबारे जानकारी गराए । कोइकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, उद्यमशीलतालगायत क्षेत्रमा सहयोग गर्दै उनले बताए ।
कोइकाले गरिबी निवारण, दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्य राखेको छ । कोइकाअन्तर्गतको ‘के हामी’ परियोजनाका अधिकृत किम दोअले कोरियाबाट फर्केका नेपाली कामदारलाई यहीँ स्वरोजगार बनाउन सञ्चालन गरिएको उद्यमशीलताबारे जानकारी गराएको थियो । सन् १९९१ मा स्थापना भएको कोइकाले हाल ४७ देशमा विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
















प्रधानमन्त्री बालेनको पुर्ख्यौली गाउँमा उत्सव
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
चितवनमा‘पिक एप्स’बाट आँखा परीक्षण गरिँदै
सामान्य प्रशासन, भूमि व्यवस्थामन्त्रीमा प्रतिभा रावल
Newly-appointed Prime Minister Shah takes oath before President Paudel
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया