विदेश पठाइदिन्छु भन्दै साढे पाँच करोड ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भइ हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक साविक कर्थली गाविस–१ घर भई हाल काठमाडौं गोकर्णेश्वर-५ जोरपाटी बस्ने ४२ वर्षीय ङिमबुटी शेर्पा तथा सन्धुपाल्चोक जुगल गाउँपालिका-१ घर भई हाल गोकर्णेश्वर-५ जोरपाटी बस्ने १९ वर्षीया निमा शेर्पा रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए।
पक्राउ परेकाहरूले वैदेशिक रोजगारीका लागि अमेरिका तथा क्यानडालगायतका देशहमा पठाइदिनेभन्दै विभिन्न व्यक्तिको राहदानी, फोटो, प्रहरी प्रतिवेदन, बैंक स्टेटमेन्ट, कोभिड क्युआर कोड, पहेंलो ज्वरो कार्ड समेतका कागजात लिएर विभिन्न शीर्षकमा रकम ठगी गरेका प्रहरीद्ये जनाएको छ।
उनीहरूले आफ्नो तथा अन्य व्यक्तिको बैंक खातामा पटक-पटक गरी नगद जम्मा गर्न लगाई तथा नगदै रकम समेत लिई दुबई हुँदै केन्यामा पुर्याएका थिए। पक्राउ परेकाहलाई मानव तस्करी गरी ठगी गरेको अपराधमा थप आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया