वडा कार्यालयको प्राङ्गणमा स्वर्गीय रिजालको शालिक
मेरोन्यूज
२०८१ वैशाख २८ गते २१:०५

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १६ को अध्यक्ष पदमै रहेका बेला निधन हुनुभएका स्व. मुकुन्द रिजालको शालिक अनावरण भएको छ । वडाको प्राङ्गणमा राखिएको शालिक आज अनावरण गरिएको हो ।
दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरस निमोनिया) भएकोले रिजाललाई २०८० भदौ १७ गते आइतबार दिउँसो १ बजे सघन उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा एक्युट रेस्पिराटोरी डिस्ट्रेस डिन्ड्रोम (एआरडीएस) भएर रिफ्याक्टोरी स्पेटिक सक-एक्युट किड्नी इन्ज्युरी भएर भदौ २१ गते निधन भएको थियो ।
रिजाल अघिल्लो कार्यकालमा पनि यसै वडाको वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । स्पष्ट वक्ताका रुपमा परिचित रिजाल कार्यपालिकाअन्तर्गतको पूर्वाधार समितिको संयोजक थिए ।
वडाले करिब ८ लाख रुपैयाँ लागतमा रिजालको शालिक निर्माण गरेर अनावरण गरेको हो ।
सम्बन्धित
















विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया