मध्यपहाडी लोकमार्गको तिव्र विस्तार

कुश्मा । कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ । थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो । गएको भदौमा सकिनुपर्ने काम अहिलेसम्म नसकिएपछि थपिएको नौ महिनाको अवधिमा काम सक्नुपर्ने बाध्यताका कारण निर्माण कम्पनीले तीव्र रुपमा कामलाई अघि बढाएको हो । जिल्लाको २४ किलोमिटर खण्डमध्ये कुश्माबजारभित्र र पातीचौर बजार क्षेत्रमा चार लेनको सडक विस्तार हुँदैछ भने अन्य स्थानमा दुई लेनमा सडक विस्तार गरिने भएको हो ।
कुश्मास्थीत आयोजना कार्यालयका प्रमुख मेघराज मरासिनीका अनुसार मोदी गाउँपालिकाको पातीखोलादेखि कुश्मा– ७ चुवाको परादीसम्म कालोपत्रको काम सकिएको छ ।
कुश्मामा विधुतका पोल हटाएरबीच खण्डमा माटो भर्ने काम भइरहेको छ । पातीचौरमा कालोपत्र गर्न सबै स्टक्चर तयार भइसकेको छ । ‘लकडाउन नभएको भए पर्वत खण्डको काम अहिलेसम्म सकिन्थ्यो,’ मरासिनीले भने, “तीन किलोमिटर प्राइम गरिसकेको छ । आगामी असारभित्रै सक्ने लक्ष्य दिएको छु । अब समय थपिँदैन ।”
सडक चौडा पार्ने, नाली बनाउनेलगायत पूर्वाधारका काम सबै सकिएकोले अब बेस हालेर कालोपत्र गर्न धेरै समय नलाग्ने उनले बताए । कुश्माबजारको खरेयादेखि डम्डारेखोलासम्म चार लेनको सडक बनाउन विद्युत्का पोल, खानेपानीका पाइप र केही घर, टहरा हटाउदा काममा ढिलो भएको थियो ।
सडक विस्तारमा अवरोध रहेका सबै संरचना हटाएपछि कुश्मामा सबैजसो कामदार परिचालन भएका छन् । चुवा, कुश्माको बान्द्रेबिँडी र मोदीको केही भागमा भिरको पहरो फुटाएर सडक चौडा बनाइएको छ ।
“अहिले १८० भन्दा धेरै कामदारले काम गरिरहेका छन्,” उनले भने “गर्मी बढ्दै गएकाले अब कालोपत्र धमाधम हुन्छ ।” सडक चौडा, नाली, मेसिनरी वाल, ग्याबिनलगायतको सबै काम सकिएकोले कालोपत्र मात्रैका लागि धेरै समय नलाग्ने उनको भनाइ छ ।
विसं २०७५ वैशाखदेखि शुरु भएको पर्वत खण्ड विस्तारको काम गएको गत भदौमा सकिनुपर्ने हो । कोभिडका कारण भएको लकडाउनले रोकिएपछि आयोजना कार्यालयले नौ महिना समय थप गरेको छ । तत्कालीन आयोजना प्रमुख आशिष थापा मगरले कास्की, पर्वत र बागलुङ खण्डमा अपेक्षित काम भएकोले अब थपिएको मितिमै काम सकिने बताउँदै आएका थिए ।
अवरोध र समस्या नआइ काम हुने भने पोखरादेखि बागलुङसम्मको खण्ड नयाँ स्वरुपमा बदलिने छ । मध्यपहाडीको कास्की खण्डको नयाँ पुलदेखि घट्टेखोला सम्मको खण्डको काम सकिएको छ । हेम्जादेखि सिम्पानीसम्मको खण्ड सकिएमा कास्की खण्डको काम पूरा हुनेछ । रासस


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया