सगरमाथा आरोहण सुरु, ४ सय १४ जनाले पाए अनुमति

काठमाडौं । यो वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको छ । दक्ष कामदार (आइसफल डाक्टर)ले शुक्रबार बेलुका सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँगेपछि) गरेपछि आरोहण सुरु भएको हो ।
सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार शुक्रबार बेलुका ८ बजेर १५ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै आरोहण खुलेको छ ।
“सगरमाथा हिमालचुलीको शिखरसम्म बाटो निर्माण (रोप फिक्सिङ) सम्पन्न भएको छ । यससँगै टोलीमा संलग्न १० जना आरोहीहरुबाट सर्वोच्च चुलीको यो यामको पहिलो आरोहण सम्पन्न भएको छ”, विज्ञप्तिमा भनिएको छ ।
पर्वतारोही डेन्डी शेर्पाको नेतृत्वमा रोप फिक्सिङ टोलीमा संलग्न सदस्यले सगरमाथाको चुचुरोसम्म सफलतापूर्वक डोरी टाँगेका विभागले उल्लेख गरेको छ ।
यो आरोहणसँगै सगरमाथाका लागि अनुमतिप्राप्त स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि आरोहणको बाटो खुलेको विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले बताए ।“सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ भएसँगै आरोहणको बाटो खुलेको छ, मौसम अनुकूल रहेकाले अब धमाधम आरोही चुचुरोतर्फ लाग्नेछन्”, उनले भने ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालको निर्णयअनुसार सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा हिमालचुलीको दोस्रो शिविरदेखि चुचुरोसम्म हिमाली बाटो निर्माण गर्न पर्यटन विभागबाट पर्वतारोहण सञ्चालक सङ्घलाई जिम्मेवारी दिइएकामा उक्त सङ्घबाट छनोट भई सेभेनसमिट ट्रेकले दोस्रो शिविरदेखि चुचुरोसमम बाटो बनाउने जिम्मा पाएको थियो ।
सेभेन समिट ट्रेकका फिल्ड म्यानेजर टेण्डी शेर्पाले सगरमाथाको बाटो खोल्ने टोलीलाई आधार शिविरबाट संयोजना गरेका थिए । उक्त टोलीमा सोलुखुम्बुका पामदोर्जी शेर्पा र नामग्याल दोर्जे तामाङ तथा सङ्खुवासभाका डेन्डी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, पेम्बा टासी शेर्पा, लाक्पा शेर्पा, दावा रिन्जे शेर्पा, दावा शेर्पा, सुकबहादुर तामाङ र लाक्पा रिन्जी शेर्पा रहेका छन् । ।
विभागका अनुसार यो याममा सगरमाथा आरोहण गर्न ४१ समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् । अझै केही टोली बढ्नसक्ने विभागको अनुमान छ । यी आरोहीबाट सलामी रकम रु ५९ करोड २३ लाख पाँच हजार आठ सय ४९ राज्यकोषमा दाखिल भएको छ ।
















अवैध धन्दाकाे आराेप लागेका ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
Election a talk of the town after candidacy filing in Mahottari
दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता
स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण: सिटी र हाइवेमा कस्तो देखियो प्रदर्शन?
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया