आइतबार, चैत २२, २०८२

कांग्रेसको निष्कर्ष : सरकार संसद चल्न नदिने र छानबिन समिति पनि नबनाउनतर्फ उद्धत भयो

मेरोन्यूज २०८१ वैशाख २९ गते १३:२३

काठमाडौँ। नेपाली कांग्रेसले सरकार गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ।

Advertisement
nepal life insurencenepal life insurence

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार समिति नबनाई जबरजस्ती अघि बढ्न खोजेको निष्कर्ष निकालेको हो ।

बैठकबारे जानकारी दिँदै महामन्त्री गगन थापाले भने, ‘जसरी भए पनि संसद पनि चल्न नदिने, छानबिन समिति पनि बनाउन नदिनेतर्फ सरकार उद्धत भएको हाम्रो निष्कर्ष छ ।’

उनले आफूहरूको माग पनि सम्बोधन होस् र संसद पनि चलोस भन्ने सदासहायता राख्दाराख्दै पनि सरकारले रबैया देखाएको आरोप लगाए ।

यसबारेमा थप छलफल गर्न र संसदीय छानबिन समिति गठनको मागलाई सशक्त रुपमा प्रस्तुत गर्न संसदीय दलको बैठक बस्ने निर्णय भएको महामन्त्री थापाले बताए ।

प्रतिक्रिया