श्रीमान् बचाउन खोज्दा श्रीमतीको ज्यान गयो

बरहथवा (सर्लाही) । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर भएका छन् ।
ईश्वरपुर नगरपालिका–९, रामनगर निवासी अन्दाजी २८ वर्षकी कुसुम देवीको करेन्ट लागेर मृत्यु भएको हो । अन्दाजी ३४ वर्षका श्रीमान् रम्भा महतोको पनि सोही घटनामा करेन्ट लागेर अवस्था गम्भीर बनेको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार शसक्रबार गएराति रम्भाको घर अगाडि ११ हजार भोल्टेजको विद्युतीय तारमा बेरिएको इन्टरनेटको तार चुडिएर झरेको थियो । इन्टरनेटको तार उठाउन खोज्दा रम्भालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । श्रीमान्लाई करेन्ट लागेको देखेपछि हतार हतार बचाउन पुगेकी कुसुमलाई पनि करेन्ट लागेको थियो ।
घटना लगतै स्थानीयले महतो दम्पतीलाई उपचारका लागि अस्पताल पु¥याएका थिए । उपचारका लागि कुसुमलाई सिद्धि विनायक अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । श्रीमान् रम्भाको भने बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको सवपरीक्षणको लागि प्रदेशिक अस्पताल मलङ्गवामा राखिएको इलाका प्रहरी कार्यालय केश्वरगङ्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















UML Chair and former PM Oli files nomination for HoR polls from Jhapa-5
मोरङ-६ बाट शेखर कोइरालाले गराए मनोनयन दर्ता
राप्रपा अध्यक्ष लिङ्देनले झापा–३ मा गराए मनोनयन दर्ता
Four ministers in interim government in election race
माधव नेपाल रौतहट –१ बाट उम्मेदवार
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया