वैवाहिक बलात्कार आरोप लागेका गायक ओडले गरे प्रहरीमा आत्मसमर्पण
मेरोन्यूज
२०८१ वैशाख ३० गते ७:४३

धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् ।
वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा ओडले बिहीबार आत्मसर्मपण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए। ओडलाई नियन्त्रणमा राखेर जिल्ला अदालतबाट ५ दिनको म्यादन थप गरेर अनुसन्धान भइरहेको उनले बताए।
नेपाल आइडल सिजन २ का विजेता ओडविरुद्ध उनकी श्रीमतीले गत २० चैतमा वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।
प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। उनी सांगीतिक कार्यक्रममा देश बाहिर भएका कारण प्रकाउ परेका थिएनन् ।
सम्बन्धित
प्रतिक्रिया