यी ३ क्लब परे प्रिमियर लिगबाट रेलिगेसनमा

काठमाडौँ । इङलिश प्रिमियर लिगबाट यस सिजनमा रेलिगेशनमा पर्ने तीन क्लबको टुंगो लागेको छ ।
यस सिजनमा लुटन टाउन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेशनमा परेका छन् । लिगमा अब एक एक खेल खेल्न बाँकी रहेका यी तिनै क्लबको रेलिगेशनमा पर्ने टुंगो लागेको हो ।
शनिबार राति सम्पन्न खेलमा लुटन टाउन वेस्टह्याम युनाइटेडसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । ३७ खेलमा लुटन टाउनको २६ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।
त्यस्तै शनिबार राति नै सम्पन्न खेलमा बर्नली टोटनह्यामसँग २-१ गोल अन्तरले पराजित भएसँगै रेलिगेसनमा पर्ने निश्चित भएको हो ।
बर्नलीको ३७ खेलमा २४ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ । त्यस्तै ३७ खेलमा १६ अंक रहेको शेफिल्ड युनाइटेड भने यस अघि नै रेलिगेशनमा परेको थियो ।
त्यसैगरी आउदो सिजनका लागि लेस्टर सिटी प्रिमियर लिगमा फर्किने निश्चित भएको छ भने आइपीएस टाउनले पनि आउदो सिजनका लागि प्रिमियर लिगमा आफ्नो स्थान पक्का गरेको छ
त्यस्तै प्रिमियर लिगमा आउने तेस्रो टिम भने प्लेअफको खेलबाट टुंगो लाग्ने छ । प्लेअफमा लिड्स युनाइटेड, साउथहम्पटन, वेस्ट ब्रोमविच र नोर्विच सिटी खेल्ने छन् ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया