एकीकृत समाजवादीकाे स्थायी कमिटी बैठक जारी
मेरोन्यूज
२०८१ वैशाख ३० गते १२:१३

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ ।
शनिबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आज पुनः बैठक बसिएकाे हाे ।
हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राखेका थिए भने महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनका तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए ।
स्थायी कमिटी बैठक सकिएलगत्तै पोलिटब्युरो बैठक समेत बोलाइएको छ । सो बैठकले केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने कार्यसूची अनुमोदन गर्ने जनाइएको छ ।
सम्बन्धित
















ठगीको अभियोगमा एक जना पक्राउ
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी
जुम्लामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया