मधेशमा एमालेको नेतृत्वमा नयाँ सरकारका लागि भोलि दाबी पेश

जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि भोलि प्रदेश प्रमुखसमक्ष चार दलले दाबी पेश गर्ने भएका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र आज मात्रै सरकारबाट समर्थन फिर्ता लिएको हो । समर्थन फिर्ता लिएलगत्तै दुबै दलले जनमत पार्टी र लोसपासँग छलफल गरेको थियो ।
मधेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएपछि जसपा नेपालको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको छ ।
सरकारबाट बाहिरिएपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरि छलफल शुरु भएको छ । एमाले मधेशमा २५ सांसदसहित सबैभन्दा ठुलो दल हो । नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्र, जनमत र लोसपाबीच छलफल भएको छ ।
१०७ सदस्यीय मधेश प्रदेशमा एमालेको २५, जनमतको १३, माओवादी केन्द्र र लोसपाको ९-९ सिट रहेको छ । चार दलको कुल ५६ सिट रहेपछि सभामुख बाहेक ५५ मत हुने हुनाले बहुमत पुग्ने देखिन्छ ।















जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया