सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका संसारकै पहिलो व्यक्तिको निधन

काठमाडौँ । सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका ६२ वर्षीय रिचर्ड रिक स्लेम्यानको अमेरिकाको म्यासाचुसेट्स राज्यमा मृत्यु भएको छ ।
रिचर्डलाई मार्चमा आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यो मृगौलाले रिचर्डको शरीरमा कम्तिमा २ वर्षसम्म राम्रोसँग काम गर्न सक्ने चिकित्सकहरूले बताएका थिए ।
प्रत्यारोपण गरिएको अस्पतालले रिचर्डको मृत्युको कारण सुँगुरको मिर्गौला नभएको बताएको छ । प्रत्यारोपण टोलीले रिचर्डको मृत्युप्रति दुःख व्यक्त गरेको छ । सुँगुरको मृगौला आफ्नो शरीरमा प्रत्यारोपण गर्ने रिचर्ड पहिलो व्यक्ति थिए । यसअघि सुँगुरको मिर्गौला ब्रेन डेड व्यक्तिको शरीरमा मात्रै प्रत्यारोपण गरिन्थ्यो ।
सुँगुरको मुटु पनि दुई जनामा प्रत्यारोपण गरिएको छ । तर, शल्यक्रिया गरेको केही महिनामै उनको मृत्यु भयो । रिचर्डको पहिलो मृगौला प्रत्यारोपण सन् २०१८ मा भएको थियो । तर, त्यो मृगौला पनि फेल भएर फेरि डायलासिस गर्नुपर्यो ।
रिचर्डको शल्यक्रिया भएको एक महिनापछि, अप्रिलमा, न्यू जर्सीकी लिसा पिसानो नामकी महिलाको पनि आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यसबाहेक उनको मुटुको धड्कन जारी राख्नका लागि मेकानिकल पम्प पनि जडान गरिएको थियो ।
हाल अमेरिकामा करिब १ लाख १० हजार मानिस अंग प्रत्यारोपणको पर्खाइमा छन् । तीमध्ये धेरैजसो मृगौला प्रत्यारोपणको पर्खाइमा छ । अमेरिकामा हरेक वर्ष अंग प्रत्यारोपणको अभावमा ६ हजारभन्दा बढी बिरामीको मृत्यु हुने गरेको आँकडा रहेको छ ।















यी हुन् नेकपाका १६५ उम्मेदवार
कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)
चुनावका लागि भारतले सरकारलाई दियो ६१ वटा गाडी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
बेलुकी ६ बजेसम्म २९२५ जनाको उम्मेदवारी दर्ता
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया