सोमबार, चैत १६, २०८२

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै 

मेरोन्यूज २०८१ जेठ १ गते ७:०६

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज (मंगलबार)सार्वजनिक हुँदैछ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीइ संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले वाचन गर्ने परम्परा छ । यसका लागि मंगलबार दिउँसो ३ बजेका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ ।

संघीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ-आफ्नो आसन ग्रहण गरिसक्न आग्रह गरिएको छ।

प्रतिक्रिया