सोलुखुम्बु पञ्चनका अग्निपीडितलाई आर्थिक सहयोग

सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–३ पञ्चनका अग्निपीडित परिवारलाई रू तीन लाखभन्दा धेरै आर्थिक सहयोग गरिएको छ ।
युवाहरुको सक्रियतामा विभिन्न व्यक्तिहरुबाट सङ्कलन गरिएको रू तीन लाख तीन हजार छ सय रकम अग्निपीडित परिवारलाई वडामा नै पुगेर हस्तान्तरण गरिएको हो ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दल केन्द्रीय सदस्य नवीन थापाको नेतृत्वमा सङ्कलन गरिएको उक्त रकम नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाले हस्तान्तरण गरे । आगलागीबाट घर गुमाएका पूर्णबहादुर भण्डारी, हस्ती माया राई, बुद्धि माया सार्कीको परिवारलाई नगद रू ५५÷५५ हजार, निशान्त राई, दिलकुमार राई र पारशमणि राईको परिवारलाई रू २५÷२५ हजार प्रदान गरिएको अभियान्ता नवीन थापाले जानकारी दिए ।
यस्तै गोठ घाँस तथा पशु क्षति भएका कालेबहादुर अधिकारीलाई रू १० हजार, सेतिदेवी कार्की, वुद्धिबहादुर कार्की, लाखधन राई र वसन्त राईलाई नगद रू पाँच÷पाँच हजार प्रदान गरिएको छ । आगलागी नियन्त्रणको क्रममा घाइते भएका
सनबहादुर सार्कीलाई रू पाँच हजार र हिराबहादुर विश्वकर्मालाई रू चार हजार प्रदान गरिएको संयोजक थापाले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौला र वडाध्यक्ष इन्द्रमणि दाहालको पनि उपस्थिति रहेको थियो । गत वैशाख १८ गते जङ्गलको डढेलो बस्तीमा प्रवेश गर्दा पञ्चनमा १० घरसहित गोठ तथा मतान जलेर नष्ट भएको थियो ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया