भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन

भरतपुर (चितवन)। चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ । रक्तसञ्चार केन्द्रको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।
प्रमुख दाहालले भरतपुर अस्पताल आउने बिरामीलाई अब रगत पाउन सहज हुने विश्वास व्यक्त गरिन् । आगामी दिनमा केन्द्रको स्तरोन्नति र सेवा विस्तारमा विशेष ध्यान उनले आग्रह गरिन् । यहाँका अस्पतालमा बिरामीको चाप अत्यधिक हुने भएकाले रगतको माग पनि धेरै हुने हुँदा रक्तसञ्चार केन्द्र आवश्यक भएको प्रमुख दाहालले बताइन् ।
“बिरामीको चाप अनुसार पूर्वाधार, कर्मचारी र उपकरणको अभाव छ”, उनले भनिन्, “अस्पताल विस्तार र सेवा थप गर्ने योजनामा महानगर सहकार्य गर्न तयार छ ।”
अहिले दुई सय युनिट रगत भण्डार गर्ने क्षमतासहित सञ्चालनमा आएको सो केन्द्र अस्पतालको ‘बी ब्लक’ मा रहेको छ । अस्पतालका अध्यक्ष राजु पौडेलले अस्पतालको न्यूनतम सेवा मापदण्ड भित्र ब्लड बैंक पर्ने उल्लेख गर्दै बिरामीको सहजताका लागि ब्लड बैंक सञ्चालन गरिएको बताए ।
नेपाल रेडक्रस सोसाइटी चितवनका अध्यक्ष हरि पौडेलले काठमाडौँ उपत्यकामा एक लाख युनिटभन्दा बढी र चितवनका अस्पतालहरूमा वार्षिक ६० हजार युनिट रगतको माग रहेको जानकारी दिए ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा श्रीराम तिवारीले अस्पतालमा धेरै समयको प्रयासपछि ब्लड बैंक सञ्चालनमा ल्याइएको बताए ।
















ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी
प्रदेशसभा सदस्यबाट डा जोशीले दिए राजीनामा
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार
भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई
मधेसका पूर्वमुख्यमन्त्री सिंहले दिए प्रदेशसभा सदस्यबाट राजीनामा
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
प्रतिक्रिया