आइतबार, चैत १५, २०८२

आलेमगरलाई खेलकुद मन्त्रालयको जिम्मेवारी

मेरोन्यूज २०८१ जेठ ३ गते १३:४९

बागमती। बागमती प्रदेश सरकारले बिनाविभागीय मन्त्री रमा आलेमगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मन्त्री आलेमगरलाई दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट बागमती सरकारमा मन्त्री भएकी आलेमगर हालसम्म बिनाविभागीय मन्त्री थिइन् ।

यस्तै बैठकले विश्वविद्यालय संरक्षक समितिको सदस्यमा प्रा डा चन्द्रमणि पौडेल र कृष्ण कटुवाललाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए । त्यस्तै प्रदेश सरकारी कामकाजको भाषा कार्यान्वयनका लागि सुझाव कार्यदल गठन गर्ने निर्णय भएको उनले बताए ।

बागमती प्रदेश सरकारले गत वैशाख २४ गतेदेखि तामाङ र नेवारी भाषा सरकारी काकाजको भाषा कार्यान्वयन गरेको थियो ।

प्रतिक्रिया