कांग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव : रविलाई बोल्न दिनुस्, त्यसपछि समिति बनाउँछौं
मेरोन्यूज
२०८१ जेठ ३ गते १४:१९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिए संसदीय छानबिन समिति गठन हुने प्रस्ताव कांग्रेस समक्ष गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोनमार्फत उक्त प्रस्ताव पठाएका हुन् ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीजीले गृहमन्त्रीलाई बोल्न दिनुस्, समिति बनाउँछौं भन्नु भएको छ ।’
सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।
आज दिउँसो ४ बजे संसद् बैठक बस्दै छ ।
सम्बन्धित
















प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपाल भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते, मध्यपूर्वमा द्वन्द्व तीव्र
टोटल इनर्जिज र लक्ष्मी ल्युब आयलद्वारा ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट स्थापना
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
दुई सातादेखि हराइरहेका पुरुषकाे शव फेला
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया