सोमबार, पुष १४, २०८२

सशस्त्र प्रहरी प्रवक्तामा डिआइजी न्यौपाने

मेरोन्यूज २०८१ जेठ ४ गते १७:२६

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेलाई दिइएको छ ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि न्यौपानेलाई सो जिम्मेवारी दिइएको हो ।

नायव महानिरीक्षक न्यौपाने यसअघि सशस्त्र प्रहरी बल, नेपाल न. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीको बाहिनीपति थिए ।

प्रतिक्रिया